२८ जेठ २०८३, बिहीबार

राज्यमन्त्री गर्बुजाले लिए पद तथा गोपनीयताको शपथ

बैशाख २१, २०८२
काठमाडौं
राज्यमन्त्री गर्बुजाले लिए पद तथा गोपनीयताको शपथ

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित शपथ ग्रहणको कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

त्यस अवसरमा उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रिपरिषद्का सदस्य, सरकारका उच्चपदस्थ अधिकारीलगायत विशिष्ट व्यक्ति उपस्थित थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा यही वैशाख १७ गते सांसद गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्