२३ असार २०८३, मंगलबार

प्रिन्टिङ प्रेस खरिद भ्रष्टाचार मुद्दामा विकल पौडेल दोषी ठहर : २ वर्ष कैद, साढे १३ करोड जरिवाना

बैशाख २१, २०८२
काठमाडौं
प्रिन्टिङ प्रेस खरिद भ्रष्टाचार मुद्दामा विकल पौडेल दोषी ठहर : २ वर्ष कैद, साढे १३ करोड जरिवाना

प्रिन्टिङ प्रेस मशिन खरिद प्रकरणमा भ्रष्टाचार मुद्दाका अभियुक्त विकल पौडेललाई विशेष अदालतले दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरका साथै सदस्यद्वय तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले आइतबार पौडेललाई कैद र जरिवानाको फैसला गरेको हो ।

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेललाई २ वर्ष कैद सजाय तोकिएको छ । यस्तै, दामासाहीले हुने बिगो १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवाना गरी उक्त रकम प्रतिवादीबाट असुल उपर हुने फैसला भएको छ ।

त्यसै गरी मशिन खरिदका लागि ठेक्का पाएका म्याक्स इन्टरनेशनल प्रालि र उक्त कम्पनीका सीईओ अकबर हुसेनलाई पनि विशेषले दोषी ठहर गर्दै जरिवाना गरेको छ ।

मतियार भई काम गरेको भन्दै कम्पनीका सीईओ हुसेनलाई डेढ वर्ष कैद सजाय तथा दामासाहीले हुने १३ करोड ५८ लाख ५२ हजार ६८० रुपैयाँ जरिवाना गरी सो बिगो रकम प्रतिवादीबाट असुल उपर गर्न फैसलामा भनिएको छ ।

साथै अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ४१ को उपदफा (३) बमोजिम प्रतिवादीहरु विकल पौडेल, म्याक्स इन्टरनेशनल प्रालि र अकबर हुसेनले जनही ५४ लाख ३४ हजार १०३ रुपैयाँ क्षतिपूर्ति शुल्क बापत पीडित राहत कोषमा दाखिला गर्नुपर्ने फैसलामा उल्लेख छ ।

अन्य प्रतिवादीहरू सफल श्रेष्ठ, नवीनकुमार पोखरेल, हरिवल्लभ घिमिरे र खड्कबहादुर थापाले भने उक्त मुद्दामा सफाइ पाएका छन् ।  

यस्तो छ फैसला

nullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्