
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ ।
उनीहरूबीच आइतबार साँझ प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भेटवार्ता भएको हो ।
भेटमा संक्रमणकालीन न्याय र समसामयिक छलफल भइरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

जारी छलफलमा प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल र नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि सहभागी छन् ।