
जनता समाजवादी पार्टी (जसपा) नेपाल रुपन्देहीको प्रथम जिल्ला अधिवेशनले सियाराम यादवको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
प्रमुख निर्वाचन अधिकृत रामनेवासप्रसाद चौधरीका अनुसार जसपा नेपाल रुपन्देहीको उपाध्यक्षमा कलामुद्दीन खाँ र गोविन्द कोहार, सचिवमा विष्णुप्रसाद अधिकारी, कोषाध्यक्षमा चन्द्रभान तिवारी, उपसचिवमा सुनिता खडलक रहेका छन् ।
त्यस्तै, सदस्यहरूमा दीपेन्द्र यादव, महेन्द्र केवट, मीनाकुमारी गिरी विक, प्रेमबहादुर उप्रेती, शंकरकिशोर विश्वकर्मा, मोहम्मद अहमद मुसलमान, कृष्णकुमार क्षेत्री, रामवेलास यादव, सुरेन्द्र धवल, जिते भर, कान्छा कोहार, मोहम्मद खलिल, सन्तप्रसाद बरई, रामकुमार पासवान, जोगिन्दर यादव, गुरुदेव गौड, राजेश यादव, विनयकुमार यादव, जगजीवन यादव, जंगबहादुर यादव, गणेश केवट र बाबुराम पाल रहेका छन ।
अधिवेशनको जसपा नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका थिए ।