चैत १५ को तीनकुने घटनामा पक्राउ परेकाहरुलाई अदालतले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र सहित २५ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बनेपछि उनीहरु पक्राउ परेका थिए । मिश्रलाई रिहा गर्न दबाब बढिरहेपनि प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ भने सोहीअनुसार अदालतले पनि म्याद थप गरिरहेको हो ।