२५ जेठ २०८३, सोमबार

ध्रुव कन्स्ट्रक्सनका सञ्चालकविरुद्ध १ अर्ब २० करोडको राजस्व चुहावट मुद्दा

बैशाख २३, २०८२
काठमाडौं
ध्रुव कन्स्ट्रक्सनका सञ्चालकविरुद्ध १ अर्ब २० करोडको राजस्व चुहावट मुद्दा

राजस्व अनुसन्धान विभागले ध्रुव कन्स्ट्रक्सन प्रा.लि. का सञ्चालक ध्रुव देवविरुद्ध राजस्व चुहावटको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

राजस्व अनुसन्धान विभागका अनुसार ध्रुव देवले वस्तु तथा सेवाको हस्तान्तरण नगरी बिल मात्र जारी गरेको, बैंकमार्फत कारोबार नगरेको, बीजक सिलसिलेवार रुपमा नचलाएको, मूल्य अभिवृद्धि कर (मू.अ.कर) तथा आयकर विवरण नदिएको, झुटा विवरण पेश गरेको तथा खरिदको स्रोत पुष्टि नगरेको पाइएपछि उनीविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाइएको हो।

अनुसन्धानबाट मू.अ. करतर्फ रु. ४५ करोड ८० लाख ८३ हजार ४३४ र आयकरतर्फ रु. १४ करोड ६५ लाख ३१ हजार ८२४, गरी कुल रु. ६० करोड ४६ लाख १५ हजार २५८ बराबरको राजस्व चुहावट पुष्टि भएको विभागले जनाएको छ।

राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ अनुसार उक्त बिगो बराबरको शतप्रतिशत जरिवाना समेत माग गर्दै विभागले ध्रुव देवलाई जम्मा रु. १ अर्ब २० करोड ९२ लाख ३० हजार ५१६ असुल उपर गर्न र कैद सजायको मागदाबी गर्दै अभियोगपत्र पेस गरिएको राजस्व अनुसन्धान विभागका प्रवक्ता एवं उपमहानिर्देशक कृष्ण कुमारी श्रेष्ठले बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्