२९ असार २०८३, सोमबार

सेती नदीमा डुबेर १८ वर्षीय युवकको मृत्यु

बैशाख २३, २०८२
काठमाडौं
सेती नदीमा डुबेर १८ वर्षीय युवकको मृत्यु

सेती नदीमा डुबेर पोखरामा १८ वर्षीय युवकको मृत्यु भएको छ । 

पोखरा महानगरपालिका-१४ ओखलढुङ्गा घाटस्थित सेती नदीमा डुबेर सोही महानगरपालिका-१४ मझेरीपाटन बस्ने बाग्लुङ घर भएका १८ वर्षीय युवराज विकको सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजार समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्