०३ असार २०८३, बुधबार

स्वर्गीय नेपाललाई पशुपति लगियो, आजै अन्त्येष्टि गरिने

बैशाख २३, २०८२
काठमाडौं
स्वर्गीय नेपाललाई पशुपति लगियो, आजै अन्त्येष्टि गरिने

स्वर्गीय प्रदीप नेपालको पार्थिव शरीर दाहसंस्कारका लागि पशुपति लगिएको छ । पशुपतिस्थित विद्युतीय शवदाह गृहमा आज उनको अन्त्येष्टि गरिनेछ । 

यसअघि उपप्रधान एवं सहकारी विकासमन्त्री प्रकाशमान सिंहले स्व नेपालप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पुगेर उपप्रधानमन्त्री सिंहले श्रद्धाञ्जली अर्पण गरेका हुन् । नेपालको आजै सोही अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 

विक्रम संवत् २०५० को दशमा नेपालको कम्युनिष्ट आन्दोलनको एक सशक्त र वरिष्ठ नेता नेपाल नेकपा (एमाले)भित्र निर्णायक र प्रभावशाली थिए ।

राजनीतिक परिवर्तनका सिलसिलामा भूमिगत राजनीति गरेका उनी नेपालको प्रगतिशील साहित्यिक क्षेत्रमा सञ्जय थापाको नामले परिचित थिए । उनी आख्यानकार, कवि र उपन्यासकारसमेत हुन् ।

उनले सूचना तथा सञ्चार, शिक्षा, जलस्रोलगायतका मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्