
काठमाडौं महानगरपालिका–५ स्थित नक्सालको भाटभटेनी सुपरमार्केटको ग्रोसरी विभागबाट झन्डै दुई लाख १८ हजार रुपैयाँ बराबरको सामान चोरी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन्।
दोलखा जिल्ला, बैतेश्वर गाउँपालिका–२ घर भई हाल भक्तपुर, ठिमी बसोबास गर्दै आएका ३७ वर्षीय बिमल श्रेष्ठलाई चोरीपछिको भोलिपल्ट अर्थात् वैशाख २१ गते भक्तपुरको ठिमीबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
उक्त घटनाबारे जानकारी पाएपछि प्रहरीको टोलीले श्रेष्ठलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान सुरु गरिएको जनाएको छ।
पक्राउ परेका श्रेष्ठले चोरी गरेको भनिएको सामग्रीहरूमा विभिन्न किसिमका मंहगा मदिरा, सुकुटीजन्य परिकार, बदामजन्य वस्तु तथा चुरोटहरू छन्।
पक्राउ परेका श्रेष्ठसँग हाल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।