१८ असार २०८३, बिहीबार

उपरथी र २ सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान

बैशाख २३, २०८२
काठमाडौं
उपरथी र २ सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका सहायक रथी मानबहादुर महरालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

मंगलबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच उनले वैशाख १७ गतेबाट उपरथी दर्जामा पदोन्नति भएका महरालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

उपरथी महरा हाल संयुक्त राष्ट्रसंघको लेबनानस्थित यूएनआईएफआईएल मिसनमा डेपुटी फोर्स कमान्डरको जिम्मेवारीमा कार्यरत छन् ।

प्रधानसेनापति सिग्देलले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी मनोज थापा र महासेनानी अर्जुन बस्नेतलाई सहायक रथी दर्जाको र प्रमुख सेनानी ब्रजेश महर्जनलाई महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्द तथा अधिकृतका परिवारजनको उपस्थिति थियो ।

salt training

कमेन्ट गर्नुहोस्