११ साउन २०८३, सोमबार

नीति तथा कार्यक्रममा स्पष्ट नभएको जनमोर्चाको टिप्पणी

बैशाख २४, २०८२
काठमाडौं
नीति तथा कार्यक्रममा स्पष्ट नभएको जनमोर्चाको टिप्पणी

राष्ट्रिय जनमोर्चा नेपालले सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा अर्थतन्त्रलाई चलायमान गर्ने कुनै पनि विषय समावेश नभएको टिप्पणी गरेको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्तिमार्फत दशकौँदेखि वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिँदै आएका तर कार्यान्वयन नगरिएका नीतिहरूको पुनरावृत्ति भएको बताए । 

सो पार्टीले वार्षिक नीति तथा कार्यक्रम ल्याउँदा सरकारका प्राथमिकताका क्षेत्र छुट्याउने गरेको, प्राथमिकता क्षेत्रको स्पष्ट खाका ल्याउने गरिएपनि यसपटक  कुनै प्राथमिकताको क्षेत्र नतोकिएको उल्लेख गरेको छ ।

जनमोर्चाले भनेको छ, “नीति तथा कार्यक्रमको लक्ष्य र गन्तव्य नै स्पष्ट छैन ।” जनमोर्चाले गणतन्त्र, धर्मनिरपेक्षता तथा समावेशीतालाई रक्षा गर्दै संविधानको संशोधनको आवश्यकतामाथि जोड दिएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ “भूमिमाथि सामन्ती स्वामित्व कायम राखेर, निजीकरण, उदारीकरणमा जोड दिएर समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण हुन सक्दैन । समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणका लागि सामन्ती भूस्वामित्वको अन्त्य हुनुपर्छ ।”

सरकारको नीति र कार्यक्रमले दलित समुदायलाई आर्थिक सामाजिक तथा शैक्षिक क्षेत्रमा बलियो बनाउन कुनै नीति अगाडि नसारेको पनि जनमार्चाले उल्लेख गरेको छ । सो पार्टीले प्रवासी नेपालीहरूको मताधिकारको प्रत्याभूति, उपभोक्तासम्बन्धी हक अधिकारको संरक्षण, कालोबजारी, कृत्रिम अभावका विरुद्ध कडा कदम चाल्नुपर्नेमा जोड दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्