
काठमाडौँ, १५ मङ्सिर- ललितपुरको कुपन्डोलमा शुक्रबार साँझ बम विस्फोट भएको छ । अज्ञात समूहले थापाथलीको पुल र यूएन पार्कको बीचमा फोहोर फालिएको ठाउँमा विस्फोट गराएको हो ।
विस्फोटबाट कुनै मानवीय क्षति भएको छैन । विस्फोट फोहोरको थुप्रोमा गराइएकोले अवशेष समेत भेटिन नसकेको ललितपुर प्रहरीले जनाएको छ ।
यसअघि मंगलबार दिउँसो पनि वाम गठबन्धनले लगनखेलमा आयोजना गरेको चुनावसभा नजिक बम विस्फोट गराइएको थियो ।