
काठमाडौँ, १६ मङ्सिर- प्रधानमन्त्री शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निजी निवास नजिक बम विस्फोट भएको छ । शुक्रबार साँझ देउवा निवास पछाडि बम विस्फोट भएको प्रहरीले जनाएको छ । यद्यपि विस्फोटबाट कुनै क्षति नभएको डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिए ।
शुक्रबार साँझ ललितपुरको कुपन्डोलमा पनि बम विस्फोट भएको थियो ।