२४ असार २०८३, बुधबार

पहिले जनतालाई बुझाउन सकिनँ, अहिले चुनाव जित्छु : लेखराज भट्ट (भिडियोसहित)

मंसिर १६, २०७४
पहिले जनतालाई बुझाउन सकिनँ, अहिले चुनाव जित्छु : लेखराज भट्ट (भिडियोसहित)

कैलाली, १६ मंसिर–वाम गठबन्धनको तर्फबाट कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यको प्रतिस्पर्धामा रहेका माओवादी नेता लेखराज भट्टले अघिल्लो पटक आफूले जनतालाई बुझाउन नसकेकोले चुनाव हारेको बताएका छन् । 

उनले यसपालीको चुनावमा आफूले गरेका काम र निर्वाह गरेका भूमिका बारेम जनतालाई जानकारी गराइरहेको बताए । २०६४ सालको चुनाव जितका भट्टले ०७० सालको चुनाव चाहिँ हारेका थिए ।

उनी अहिले कैलाली ४ मा कांग्रेसका सुनील भण्डारीसँग प्रतिस्पर्धा गरिररहेका छन् । भट्ट एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट नेता समेत हुन् ।

उनले आफू कैलाली र समग्र सूदूरपश्चिको अधिकारको लागि निरन्तर लडेकोले चुनावमा आफ्नो जित सुनिश्चित भएको बताए । अहिले वाम गठबन्धनले गर्दा कांग्रेसको भन्दा आफूहरुको भोट धेरै भएकोले पनि आफूलाई चुनाव जित्न सहज रहेको उनले बताएका छन् । 

उनले कांग्रेस उम्मेदवारले पनि जितको अपेक्षा गर्नु स्वभाविक भएपनि चुनाव चाहिँ आफूले जित्ने बताए । आफू र आफ्ना प्रतिस्पर्धी मध्ये कसले जनताको अधिकारको लागि लडेको छ भन्ने कुरा जनता स्वयमले नै मुल्यांकन गरेको समेत उनले बताए ।

उनले आफूलाई एमाले कार्यकर्ताहरुले सहयोग गरिहेको पनि बताएका छन् । बाम गठबन्धले चुनाव पछि दुईवटा पार्टी एकिकरण गर्ने गृहकार्य गरिरहेकोले पनि एमाले कार्यकर्ताले समेत आफूलाई सहयोग गर्ने उनले बताए ।

उनले दुबै पार्टीका कार्यकर्ताहरु सँगै रहेकोले यसलाई आफूले बर्ग संघर्षको आन्दोलनकै रुपमा बुझेको बताए । साथै प्रदेश नम्बर ७ को राजधानी कहाँ बनाउने भन्ने विषयमा विवाद भइरहेकोले यो विषयमा विवाद गर्नुको कुनै अर्थ नरहेको उनले बताए । उनले व्यापक छलफल र सहजताको तथा जनसंख्याको आधारमा राजधानी तोक्दा राम्रो हुने बताए । अहिले यहाँ नै राजधानी बनाउनुपर्छ भन्नेर विवाद गर्नु गलत रहेको समेत उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्