१९ असार २०८३, शुक्रबार

श्रममन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न- गाडी चढेर बस्ने कि जनताका काम गर्ने ?

बैशाख २८, २०८२
काठमाडौं
श्रममन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न- गाडी चढेर बस्ने कि जनताका काम गर्ने ?
फाइल तस्वीर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले झण्डै ८० लाख नेपाली युवा श्रमका लागि बाहिर रहेको दाबी गर्दै उनीहरूको हितका लागि श्रम मन्त्रालयले कुनै काम नगरेको टिप्पणी गरेका छन् । 

नेपालीहरू बन्दक हुँदा पनि श्रम मन्त्रालयले कुनै पनि काम गरेको उनले बताए । ‘झण्डै ८० लाख युवा अहिले अर्काको देशमा काम गर्न बाध्य छन् । तर सरकारको श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालय मौन भएर बसेको छ,' आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, 'आज नेपालीहरू बन्दक हुँदा पनि श्रम मन्त्रालयले कुनै पनि काम गरेको छैन । अहिले मात्रै पनि मुलुकमा १४ खर्ब, ४४ अर्ब ३२ करोडको रेमिट्यान्स विदेशमा रहेका मान्छेले पठाएको छ ।’

दलालका कारण धेरै घरबारविहीन हुँदा पनि श्रम मन्त्रालयले कुनै काम नगरेको उनको आरोप छ। ‘श्रम मन्त्रालयको काम आज कति नेपाली ठगीमा परेका छन्, लाखौं मान्छे दलालले ठगेर घरबारविहीन भएका छन्,’ शाहीले भने, ‘श्रम मन्त्रीले गाडी चढेर बस्ने हो कि जनताका लागि काम गर्ने हो ? यदि जनताका लागि काम हुँदैन भने त्यसको काम छैन ।’

salt training

कमेन्ट गर्नुहोस्