२४ जेठ २०८३, आइतबार

विद्यालय शिक्षासहित ६ विधेयक शीघ्र पारित गरौं : प्रधानमन्त्री

बैशाख २८, २०८२
काठमाडौं
विद्यालय शिक्षासहित ६ विधेयक शीघ्र पारित गरौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा विचाराधीन ६ वटा विधेयकलाई शीघ्र पारित गर्नुपर्ने बताएका छन् । 

प्रतिनिधिसभाको बैठकमा आइतबार नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले संघीय निजामती, विद्यालय शिक्षासहितका विधेयक शीघ्र पास गर्नेगरी अगाडि बढ्नुपर्ने बताएका हुन् ।

‘हाम्रा नीतिहरू कार्यान्वयनका लागि निम्न ऐनहरू अत्यावश्यक छन्, म सम्मानित सदनसँग विचाराधीन विधेयकहरू शीघ्र पारित गर्न पनि विनम्र अनुरोध गर्न चाहन्छु,’ ओलीले भने ।

त्यस्तै, वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी, संघीय निजामती सेवा, नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी वल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विद्यालय शिक्षा, नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक शीघ्र पास हुने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

सरकारले राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता तथा भौगोलिक अखण्डता र नेपाल राष्ट्र तथा नेपाली जनताको सर्वोपरि हितलाई केन्द्रमा राखी  सुदृढ र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्ने पनि ओलीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्