३१ जेठ २०८३, आइतबार

विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग

बैशाख २८, २०८२
काठमाडौं
विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग
फाइल फोटो

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा अलपत्र परेका नेपालीको तत्काल उद्धार गर्न माग गरेका छन् ।

बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले साउदी अरेबियाको जुबेलमा चार सय ६९ नेपाली बन्धक बनाइएको भन्दै उनीहरूको तत्काल उद्धारका लागि सरकारसँग माग गरे । उनले विदेशी भूमिमा बन्धक बनाइएका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण गराए ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरू निरन्तर ठगीमा परिरहेकातर्फ सचेत गराउँदै विदेशी मुलुकमा समस्यामा रहेका नेपालीको समयमा उद्धार गर्न माग गरे । 

नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले श्रमिकको हकहितको संरक्षण गर्दै समग्र श्रम क्षेत्रको व्यवस्थापनका लागि त्रिपक्षीय श्रम आयोग स्थापनाको माग गरिन् ।

सरकार, रोजगारदाता, श्रमिकको प्रतिनिधित्वसहित आयोगको व्यवस्था गर्दै वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्न सकिने उनले धारणा राखिन् । उनले जुम्लाको गुठीचौरमा अवरुद्ध विद्युत् आपूर्ति नहुँदा स्थानीयले भोग्नु परेको सास्तीतर्फ सरकारको ध्यानाकर्षण गराए ।

नेपाली कांगेसका सांसद रामकृष्ण यादवले धनुषा जिल्लास्थित कमला नगरपालिका– ५ मा आगलागीबाट पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन र पीडितको पुनःस्थापनाका लागि माग गरे । 

salt training

कमेन्ट गर्नुहोस्