२५ असार २०८३, बिहीबार

सरकारले नयाँ ढङ्गले मल कारखाना खोल्छ- प्रधानमन्त्री

बैशाख २८, २०८२
काठमाडौं
सरकारले नयाँ ढङ्गले मल कारखाना खोल्छ- प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ ढङ्गले मल कारखाना स्थापना गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले देशमा मल कारखाना आवश्यक छ भन्नेमा सरकार स्पष्ट रहेकाले नयाँ ढङ्गले कारखाना खोलिने बताएका हुन् ।

उनले नयाँ विधिबाट फोहोरमैला व्यवस्थापनको कुरा सोचिरहेको जानकारी पनि दिए ।

प्रधानमन्त्री ओलीले सम्पत्ति शुद्धीकरणका सम्बन्धमा अन्तर्राष्ट्रिय रूपमा नेपाल ‘ग्रे लिस्ट’मा पर्नु अघिल्लो सरकारको कमजोरी भएको  स्पष्ट गरे ।

salt training

कमेन्ट गर्नुहोस्