०७ असार २०८३, आइतबार

पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

बैशाख २९, २०८२
चितवन
पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

चितवनको नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका- १७ का १८ वर्षीय कुमार नेपाली रहेका छन् ।

मझुवास्थित नदीमा डुबेर बेहोस भएका उनलाई उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेजमा पुर्‍याइएको थियो ।

उनको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्