१० साउन २०८३, आइतबार
सरसर्ती २४ घण्टा

नेतृत्वमा टिक्न अर्को कार्ड प्रयोगको तयारीमा प्रचण्डदेखि कर्मचारीको तलब बढाउने गृहकार्यसम्म

बैशाख ३०, २०८२
काठमाडौं
नेतृत्वमा टिक्न अर्को कार्ड प्रयोगको तयारीमा प्रचण्डदेखि कर्मचारीको तलब बढाउने गृहकार्यसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

चार दशकदेखि माओवादी घटक दललाई खेलाएर राजनीति गर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा टिक्न अर्को कार्ड प्रयोगको तयारीमा लागेका छन् । 

लामो कालखण्ड नै राजनीतिमा गुजार्ने क्रममा प्रचण्डले अझै पनि नेतृत्व छाड्ने मानसिकता बनाएका छैनन् । यसअघि जस्तै साना पार्टीसँग एकता गर्ने, पार्टीको नाम नै फेर्ने र नेतृत्वमा टिकिरहने उनको प्रयास देखिन्छ ।

००००

जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादवकी श्रीमती ललिता यादवको नाममा रहेको ललितपुरको घरजग्गा खरिदमा पार्टीका नेताहरूले लगानी गरेको दाबी जनमत पार्टीले गरेको छ  ।

सुरेन्द्र नारायण यादवविरुद्ध जनमत पार्टीका प्रवक्ता डा। शरद सिंह यादवले जिल्ला प्रहरी परिसर ललितपुरमा दिएको जाहेरीमा उक्त कुरा उल्लेख गरिएको छ  ।

प्रतिनिधिसभा सदस्य तथा मधेश प्रदेशसभा सदस्यहरूले सो घरजग्गाका लागि १ करोड ५८ लाख ५० हजार रुपैयाँ लगानी गरेको दाबी जाहेरीमा गरिएको छ  ।

००००

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले नीति तथा कार्यक्रममा कर्णाली प्रदेशमाथि देखाएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै कर्णालीमाथिको अपमान सहन नसकिने चेतावनी दिएका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा सोमबारबाट शुरू भएको पार्टीको भ्रातृ संगठन वाईसीएल( कर्णाली प्रदेश समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी केन्द्र समाजवादी अभियानमा रहेको बताउँदै सो अभियानलाई अझ तीव्र बनाउने घोषणा गरे ।

००००

वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि प्रतिकूल मौसमका कारण सोमबार सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ । पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो ।

००००

भारतले इङ्ल्यान्ड भ्रमणका लागि आफ्नो टोली घोषणा गर्नुभन्दा केही दिनअघि ब्याट्सम्यान विराट कोहलीले सोमबार टेस्ट क्रिकेटबाट तत्काल सन्न्यासको घोषणा गरेका छन् ।

१ सय २३ खेलमा ४६ दशमलव ८५ को औसतमा ९ हजार दुई सय ३० रन बनाएका कोहलीले भारतीय कप्तान रोहित शर्माले आफ्नो टेस्ट करियर समाप्त गरेको पाँच दिनपछि इन्स्टाग्राममा यो निर्णय पोस्ट गरेका हुन् ।

००००

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीचको युद्धको पक्षमा आफूहरू नरहेको बताएका छन् । 

बुद्ध जयन्तीका अवसरमा सोमबार लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालका छिमेकी देश भारत र पाकिस्तानबीच केही दिन अगाडि अलिकति हात हालाहाल भएको उल्लेख गरे । तर, यो अवस्था लडाइँमा जानुहुन्न भनेर नेपालले आग्रह गरेको ओलीले स्मरण गरे ।

००००

नेपालले पछिल्लो ३ दशकमा आर्थिक र सामाजिक विकासका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको निष्कर्ष एक सरकारी प्रतिवेदनले निकालेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको २०४७ पछिको आर्थिक(सामाजिक विकासको अवस्था प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ ।

गरिबी न्यूनीकरण, आय, उपभोग असमानतामा सुधार, मध्यम वर्गको विस्तार, भौतिक पूर्वाधार विकास, मानव विकास, कृषि यान्त्रीकरण, उद्योग, सेवा क्षेत्र, आधारभूत सुविधामा पहुँच र सामाजिक सुरक्षा कार्यक्रमहरूमा प्राप्त उपलब्धिलाई विस्तृत रूपमा प्रस्तुत गरिएको छ ।

००००

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती भव्य रूपमा मनाउने घोषणा गरेका छन् ।

सोमबार लुम्बिनीमा आयोजित २५ सय ६९ औं बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका हुन् ।

उनले लुम्बिनीको गुरुयोजना निर्माण भइसकेको उल्लेख गर्दै त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

००००

पूर्वबेलायती विशेष फौजका सदस्यहरूले आफ्ना सहकर्मीले इराक र अफगानिस्तानमा गरेका भनिएका युद्ध अपराधबारे वर्षौंको मौनता तोडेका छन् ।

पहिलोपटक खुलेर बयान दिँदै, ती पूर्वसैनिकहरूले एसएएसका सदस्यहरूले निहत्था मानिसलाई सुतिरहेको अवस्थामा गोली हानेर मारेको र हतकडी लगाइएका बन्दीलाई पनि गोली हानेर मारेको देखेको बताएका छन् । यसमा बालबालिकासमेत थिए । 

००००

राज्यको स्रोत र साधानलाई हेरेर आगामी आर्थिक वर्ष २०८२÷८३ मा कर्मचारीको तलब वृद्धि गर्ने गरी आन्तरिक गृहकार्य हुने भएको छ । कर्मचारीलाई सेवाप्रति थप उत्साह प्रदान गर्नका लागि सरकारले तलब वृद्धि गर्ने आन्तरिक गृहकार्य गर्न लागेको हो ।

salt training

कमेन्ट गर्नुहोस्