धेरैजसो मानिसहरू शरीरको हेरचाह त गर्छन्, तर पेटको स्वास्थ्यप्रति भने बेवास्ता गर्छन्। बाहिरको खाना खाने बानी, खाने निश्चित समय नहुनुजस्ता कारणले गर्दा पेटमा गडबडी आउँछ।
तर केही सरल, स्वादिलो र प्राकृतिक फलहरूले तपाईंको पाचन शक्ति सुधार्न सक्छन्। आउनुहोस, जानौं ती सुपरफ्रुट्स कुन–कुन हुन् र कसरी यी फलहरूले पेटलाई सधैं हल्का र फ्रेश राख्छन्।
१. मेवा :
मेवामा ‘पपेन’ नामक एन्जाइम हुन्छ, जसले पाचन प्रक्रियामा सहयोग पुर्याउँछ। बिहान खाली पेट मेवा खानुलाई पेट सफा राख्न निकै उपयोगी मानिन्छ। यसमा प्रशस्त फाइबर हुन्छ, जसले कब्जियबाट राहत दिन्छ र पेटलाई हल्का राख्छ।
२. केरा :
केरा स्वादिलो मात्रै होइन, पाचनका लागि पनि निकै लाभदायक हुन्छ। यदि तपाईंलाई बारम्बार ग्यास वा अम्लता (एसिडिटी) को समस्या हुन्छ भने दिनमा एक–दुई वटा केरा अवश्य खानुहोस्। यसले छिट्टै भोक मेटाउँछ र लामो समयसम्म ऊर्जा प्रदान गर्छ।
३. स्याउ :
स्याउमा घुलनशील फाइबर पाइन्छ, जसले पाचनमा सहायता गर्छ र पेटमा रहेका राम्रो ब्याक्टेरियाहरूको वृद्धि गर्छ। यसले पेट सफा राख्छ र डाइजेस्टिभ सिस्टमलाई ठीक अवस्थामा राख्छ।
४. अनार :
अनारमा पाइने एन्टिअक्सिडेन्ट र फाइबरले पेटको समस्या कम गर्छ। साथै, यसले शरीरमा ऊर्जा पनि बढाउँछ। अनारको दाना बिहान नास्तामा वा दहीमा मिसाएर खानु लाभदायक हुन्छ।
५. अम्बा :
अम्बामा यति धेरै फाइबर हुन्छ कि यसले पाचन प्रणालीलाई सक्रिय बनाउँछ र कब्जियको समस्या हटाउँछ। काला नुन वा सामान्य नुनसँग मिसाएर खाँदा यसको स्वाद झनै बढ्छ।
६. तरबुजा:
गर्मीमा पेटलाई चिसो चाहिन्छ? तरबुजा भन्दा उपयुक्त केही हुँदैन। यसमा ९० प्रतिशतभन्दा बढी पानी हुन्छ, जसले शरीरलाई हाइड्रेट राख्छ र विषाक्त पदार्थ (टक्सिन) बाहिर निकाल्न मद्दत गर्छ। यो पेटलाई चिसो बनाउँछ र ग्यास वा जलनबाट छुटकारा दिन्छ।