
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाता गाउँपालिकाका तत्कालीन अध्यक्ष लक्ष्मणबहादुर बम र उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कर्णाली नदीमा गाडी तार्ने फेरी निर्माणका लागि विनियोजित बजेट हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
गाउँपालिका वडा नम्बर ९ र पचाल झरना गाउँपालिकाबीचमा पर्ने घाटाचौर थिर्पु भन्ने ठाउँमा कर्णाली प्रदेश सरकारबाट कर्णाली नदीमा गाडी तार्ने फेरी निर्माणको लागि बजेट आएकोमा काम पूरा नगरी उक्त बजेट अनियमितता गरेको भन्ने उजुरी आयोगमा परेको थियो ।
अनुसन्धानका क्रममा पलाता गाउँपालिकालाई आव २०७७/७८ मा कर्णाली प्रदेश सरकारबाट फेरी निर्माण बापत प्राप्त भएको रकम मध्ये ७५ लाख ५६ हजार ९ सयको लागत अनुमान तयार गरी उपभोक्ता समितिसँग सम्झौता भई गरेको कार्यमा उक्त कार्य सम्पन्न नगरी सम्पन्न भएको देखाएको पाइएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
'...झुट्टा बिल, भरपाई र कार्य सम्पन्न प्रतिवेदन तयार गरी कम काम भएकोमा बढी काम भएको देखाई २५ लाख ६ हजार ५२ रुपैयाँ ५३ पैसा उपभोक्ता समितिलाई भुक्तानी लिने दिने कार्य गरी उपभोक्ता समितिका पदाधिकारीलाई गैरकानूनी लाभ पुर्याउने र गाउँपालिकालाई हानिनोक्सानी पुर्याउने कार्य पुष्टि भएको पाइएको छ,' आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ अभियोगपत्र