२४ असार २०८३, बुधबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

बैशाख ३१, २०८२
काठमाडौं
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद् बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ । 

लामो समयपछि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको हो । यसअघिका धेरैजसो मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेका थिए । 

बैठकमा समसामयिक विषय, सरकारका नियमित कामको विषयमा छलफल हुने जनाइएको छ । 

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिस समितिलाई पूर्णता दिने विषयमा पनि बैठकमा छलफल निर्णय हुन सक्ने बताइएको छ । समितिका सदस्य डा. विश्व पौडेलले राजीनामा दिइसकेका छन् । 

गभर्नर नियुक्तिमा ढिलाइ भइरहेकामा सरकारको आलोचना भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्