१८ असार २०८३, बिहीबार

सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको मृत्यु

जेठ १, २०८२
काठमाडौं
सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको मृत्यु
फाइल फोटो

सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको मृत्यु भएको छ । 

सगरमाथाको चौथो शिविरमा गएराति आराम गरिरहेका अवस्थामा उनको निधन भएको पर्यटन विभागले जनाएको छ । उनी स्नो होराइजन टेक्स एन्ड एक्सपिडिसन प्रालिमार्फत सगरमाथा आरोहणमा गएका थिए।   

फिलिप चौथो शिविरमा करिब रातको ७/८ बजे थकित अवस्थामा पुग्नुभएको र आराम गरेका अवस्थामा मृत्यु भएको आरोहणदलका सदस्यबाट आज बिहान जानकारी प्राप्त भएको विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मृतकको शव आवश्यक प्रक्रिया पुर्‍याएर आधार शिविर ल्याउने प्रक्रिया भइरहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्