१९ असार २०८३, शुक्रबार

ढल्केबर–मुजफ्फरपुर ४०० केभी लाइनमा समस्या, देशका अधिकांश स्थानमा विद्युत अवरुद्ध

जेठ १, २०८२
काठमाडौं
ढल्केबर–मुजफ्फरपुर ४०० केभी लाइनमा समस्या, देशका अधिकांश स्थानमा विद्युत अवरुद्ध

भारतबाट नेपालमा विद्युत आयात भइरहेको ४०० केभी ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमा आएको प्राविधिक समस्याका कारण बिहीबार काठमाडौंसहित देशका अधिकांश स्थानमा करिब एक घण्टा विद्युत आपूर्ति अवरुद्ध भएको छ।

विद्युत प्रणालीमा अचानक समस्या देखिएपछि बिहीबार साँझ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले प्रणाली सञ्चालन विभाग, स्युचाटारमा आकस्मिक निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले ढल्केबर ग्रिड महाशाखाका प्रमुख विनोद लोहनीलाई समस्या समाधानका लागि तत्काल आवश्यक कदम चाल्न निर्देशन दिएका थिए।

प्राधिकरणका अनुसार यो समस्या पूर्णरूपमा प्राविधिक हो । यसलाई 'लोडसेडिङ' सँग जोडेर हल्ला फैलाउनु गलत हुने प्राधिकरणको दाबी छ ।  "यो आकस्मिक प्राविधिक अवरोध हो, विद्युत अभावका कारण लोडसेडिङ गरिएको होइन," प्राधिकरणको भनाइ छ । 

समस्या समाधान भएपछि हाल लाइन पुनः सुचारु गरिएको छ र विद्युत आपूर्ति सामान्य अवस्थामा फर्किएको प्राधिकरणले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्