१० साउन २०८३, आइतबार

इन्जिनियर सन्तोष यादव ५ लाख ७० हजार घुससहित पक्राउ

जेठ १, २०८२
काठमाडौं
इन्जिनियर सन्तोष यादव ५ लाख ७० हजार घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ओखलढुङ्गास्थित सघन सहरी तथा भवन निर्माण आयोजनामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवलाई पाँच लाख सत्तरी हजार रुपैयाँ  घुससहित पक्राउ गरेको छ।

इन्जिनियर यादवले खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्न सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। टोलीले यादवलाई भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका–१ बाट घुस रकमसहित नियन्त्रणमा लिएको जनाएको छ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार यादवले सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा बिहीबार रंगेहात पक्राउ गरिएको हो। हाल यादवविरुद्ध थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ।

salt training

कमेन्ट गर्नुहोस्