३२ असार २०८३, बिहीबार

टिकटकमा अश्लील सामग्री पोस्ट गरेको अभियोगमा एक युवक पक्राउ

जेठ १, २०८२
काठमाडौं
टिकटकमा अश्लील सामग्री पोस्ट गरेको अभियोगमा एक युवक पक्राउ

सामाजिक सञ्जाल टिकटकमा अश्लील सामग्री पोस्ट गरी विद्युतीय अपराध (साइबर क्राइम) गरेको अभियोगमा जुबेर आलम मिया नाम गरेका युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका मिया जिल्ला सुनसरीको हरिनगरा गाउँपालिका–१ निवासी हुन् र हाल २५ वर्ष उमेरका छन्। उनलाई इलाका प्रहरी कार्यालय ईटहरीको सहयोगमा ईटहरी उपमहानगरपालिका–६ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

अभियुक्त मियाले  वैशाख २५ गते, एक महिलाको अश्लील फोटो तथा भिडियो टिकटक मार्फत सार्वजनिक गरेको आरोप छ। पीडित महिलाले संखुवासभा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धान सुरु गरिएको थियो।

प्रहरीले संखुवासभा जिल्ला अदालत, चैनपुरबाट म्याद थप अनुमति लिई थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।

सूचना अधिकारी प्रहरी निरीक्षक अभिषेक कुमार श्रेष्ठका अनुसार घटनासम्बन्धी अनुसन्धान अघि बढिरहेको छ।

salt training

कमेन्ट गर्नुहोस्