०८ साउन २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

कुलमानको झूट पर्दाफासदेखि देउवासँग पनि गगनको दुरीसम्म

जेठ २, २०८२
काठमाडौं
कुलमानको झूट पर्दाफासदेखि देउवासँग पनि गगनको दुरीसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि शुरू हुँदैछ । कार्यक्रम यही जेठ ४ गतेसम्म सञ्चालन हुने छ ।

संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ तय भएको छ । परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा। आरजु राणा देउवाका अनुसार सम्मेलनमा एक सय ७५ विदेशी पाहुनासहित करिब त्यत्तिकै सङ्ख्यामा नेपाली सहभागी हुने छन् ।
००००
सुदूरपश्चिम प्रदेशसभाको चौथो ठूलो दल नागरिक उन्मुक्ति पार्टी संसदीय दलले प्रदेशसभा सदस्य रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेको छ ।

सत्तापक्षीय दल नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सरकारमा सहभागी गराउन चौधरीको मुख्यमन्त्री कमलबहादुर शाहसमक्ष सिफारिस गरेको हो । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले प्रदेशसभा सदस्य कैलाश चौधरीलाई मन्त्रीका लागि सिफारिस गर्न संसदीय दललाई निर्देशन दिएकी थिइन् । संसदीय दलको बैठकले भने अध्यक्षको निर्देशनविपरीत घनश्याम चौधरीलाई मन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
००००
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरुको जिम्मेवारी हेरफेर गरेका छन् । 

 काठमाडौँ महानगरपालिका, नगर कार्यपालिका नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर  नयाँ संयोजक तोकिएको पत्रमा उल्लेख गरिएको छ ।
००००
नेपाली कांग्रेस संसदीय दलको बैठक जेठ ३ गते, शनिवारका दिन बस्ने भएको छ।

बैठक दिनको २ बजे संघीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आयोजना गरिने संसदीय दलले जनाएको छ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ओखलढुङ्गास्थित सघन सहरी तथा भवन निर्माण आयोजनामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवलाई पाँच लाख सत्तरी हजार रुपैयाँ  घुससहित पक्राउ गरेको छ।

इन्जिनियर यादवले खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्न सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
००००
भारतबाट नेपालमा विद्युत आयात भइरहेको ४०० केभी ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमा आएको प्राविधिक समस्याका कारण बिहीबार काठमाडौंसहित देशका अधिकांश स्थानमा करिब एक घण्टा विद्युत आपूर्ति अवरुद्ध भएको छ। प्राधिकरणले यो नितान्त प्राविधिक समस्या भएको उल्लेख गर्दै लोडसेडिङको रुपमा नबुझ्न आग्रह गरेको छ । 
००००
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  निगमका अनुसार गएरााति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो ।

जस अनुसार पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको छ ।
००००
काठमाडौंको वनस्थलीस्थित पार्किङ स्थलबाट इलेक्ट्रोनिक माइक्रोबस चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–१६, वनस्थलीमा बस्दै आएका १९ वर्षीय सुदीप थापा छन् । उनले बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको माइक्रोबस चोरी गरेर धादिङ र्पुयाएका प्रहरीको दाबी छ ।
००००
प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत बस्नेतको पद निलम्बन भएको सूचना संसद्मा सुनाइएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले बस्नेतको सांसद पद निलम्बन भएको पत्र पढेर सुनाएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसमेत रहेका बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी भ्रष्टाचार निवारण ऐनअनुसार स्वतः पदबाट निलम्बनमा परेका हुन् ।

टेरामोक्स खरिद गर्दा अनियमितता तथा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
००००
सर्वोच्च अदालतले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिविरुद्धको रिटमा यही जेठ २८ गते फैसला सुनाउने भएको छ ।

संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिमा विषयमा परेको रिटमाथि सुनुवाइ सकिएलगत्तै जेठ २८ का लागि निसु (निर्णय सुनाउने दिन) तोकिएको हो ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पछिल्लो पाँच कारोबार दिन पनि लगातार गिरावट देखिएको छ । निरन्तर घटिरहेको नेप्से परिसूचक बिहीबार आठ दशमलव ४१ अङ्कले घटेर दुई हजार ६११ दशमलव ८५ को विन्दुमा कायम भएको हो ।

बिहीबार तीन सय २० कम्पनीको एक करोड ७४ लाख २३ हजार ९४३ कित्ता शेयर ७८ हजार ४९३ पटक खरिदबिक्री हुँदा रु सात अर्ब आठ करोड ३३ लाख ४८ हजार २४० दशमलव ६३ को कारोबार भएको हो ।
००००
नक्कली कागजात बनाउने कारखानामा प्रहरीले छापा मारेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ७ फुटुङ्मा छापा मारेर उक्त कार्यमा संलग्न तीन जनालाई पक्राउ परेको छ ।
००००
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको वित्तीय अवस्थालाई लिएर छरेको भ्रम महालेखा परीक्षक कार्यालयको प्रतिवेदनले उजागर गरिदिएको छ ।

आफ्नो कार्यकालमा प्राधिकरणलाई ऐतिहासिक नाफामा र्पुयाएको भन्ने घिसिङको दाबीलाई बुधबार सार्वजनिक महालेखाको ६२ औं प्रतिवेदनले उदांगो पारिदिएको हो ।

आर्थिक वर्ष २०७९–८० र ८०–८१ मा प्राधिकरणको वित्तीय विवरणमा भएका छेडखानी, विद्युत चुहावट र नाफाघाटाको वास्तविकतालाई प्रतिवेदनले बाहिर ल्याएको छ ।

घिसिङले प्राधिकरणलाई नाफाको अवस्थामा र्पुयाउन विद्युत् उत्पादन वृद्धि, चुहावट नियन्त्रण र प्रभावकारी व्यवस्थापनको परिणाम भनेर दाबी गरेका थिए ।

तर, प्रतिवेदनमा भएका तथ्यांकहरूले उनको दाबीलाई खण्डन गरेको छ ।
००००
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जनको तयारी गरेका छन् ।

हाल अस्तित्वमा रहेको स्वास्थ्य सञ्चालन मापदण्ड २०७७ र स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० लाई परिमार्जन गर्नका लागि उनले समिति गठन गरेका छन् ।
००००
आफ्नो टीम होस्, या अर्कोको नै किन नहोस्, आफूअनुकूल ‘ट्रिट’ गर्नमा कांग्रेस सभापति शेरबहादुर देउवा माहिर मानिन्छन् । उनै देउवाले चालेको ‘सिग्नेचर मुभ’का कारण यतिबेला कांग्रेसको आन्तरिक शक्ति सन्तुलन बदलिँदै गएको छ । 
१४ औं महाधिवेशनमा देउवालाई अर्को समूहबाट काउन्टर दिन डा शेखर कोइराला सभापतिमा र गगन थापा महामन्त्रीमा उम्मेदवार बने । शेखर सभापतिमा पराजित भए, तर महामन्त्रीमा युवा नेता गगनले सहजै बाजी मारे ।

महामन्त्रीमा देउवाका दुवै उम्मेदवार पराजित हुँदा अर्कोतिर फरक–फरक समूहबाट गगन र विश्वप्रकाश शर्माले जित्न पुगे । पार्टीको काममा सभापतिलाई सबैभन्दा नजिकबाट सहयोग गर्ने कार्यकारी पदाधिकारी महामन्त्री आफ्नो टीमबाट नहुँदा देउवालाई शुरूमा अप्ठ्यारो थियो । 

यस्तोमा देउवाले गगनसँग निकटता बढाउँदा शेखर टाढिए । हुनलाई संसदीय दलको निर्वाचनमा शेखर पक्षका सबै सांसदले गगनलाई भोट नदिएको बहाना थियो । तर अहिले गगन देउवासँग पनि टाढिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्