०८ साउन २०८३, शुक्रबार

सगरमाथा संवादमा बीटीआर घोषणा हुने

जेठ २, २०८२
काठमाडौं
सगरमाथा संवादमा बीटीआर घोषणा हुने

सरकारले जलवायु परिवर्तनसम्बन्धी द्विवार्षिक पारदर्शिता प्रतिवेदन (बीटीआर) स्वीकृत गरेको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बिहीबार बीटीआर स्वीकृत गरेका हुन् । 

आजदेखि हुने सगरमाथा संवादमा बीटीआर घोषणा हुने वन तथा वातावरणमन्त्री मन्त्रालयले जनाएको छ । सगरमाथा संवादमा सकारात्मक सन्देश प्रवाह हुने भएकाले बिटिआर स्वीकृत भएको मन्त्री शाहीले जानकारी दिए । बीटीआर जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धताअन्तर्गतका राष्ट्रहरूले प्रत्येक दुई वर्षमा तयार गर्ने दस्तावेज हो । 

दस्तावेनजमा ती मुलुकहरुको हरितगृह ग्यास उत्सर्जन, अनुकूलन उपायहरू, वित्तीय सहयोग, प्रविधि स्थानान्तरण, क्षमताविकास, र पारदर्शितासम्बन्धी जानकारी समावेश गरिन्छ ।

साथै सरकारले तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी)को मस्यौदा स्वीकृत गरेको छ । वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि (यूएनएफसिसिसी) का पक्ष मुलुकहरूको २१औँ  शिखर सम्मेलनमा आधारित  तेस्रो एनडीसीको मस्यौदा गत बुधबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।

'तेस्रो एनडीसी, बीटीआर र कार्बन व्यापारसम्बन्धी नियमवाली सगरमाथा संवादअघि स्वीकृत गर्ने योजना थियो । तर नियमावलीमा भने सरोकारवालाको प्रतिक्रिया सङ्कलन जारी रहेकाले संवाद अघि स्वीकृत हुन सकेन,' मन्त्री शाहीले भने । 

जलवायु अभियन्ता राजन थापाले सगरमाथा संवादअघि बीटीआर स्वीकृतिले सकारात्मक सन्देश दिनुका साथै अन्तर्राष्ट्रिय एवं क्षेत्रीय सहयोग अभिवृद्धिका साथै पर्वतीय राष्ट्रहरूबीच सहकार्यको ढोका खोल्न मद्दत पुग्ने बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्