१८ असार २०८३, बिहीबार

यूएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

जेठ २, २०८२
काठमाडौं
यूएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

वैदेशिक रोजगारीमा यूएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौंको टोखा नगरपालिका-३ बस्ने नुवाकोट म्यागङ गाउँपालिका-१ घर भएका ५४ वर्षीय न्याउरे तामाङ र काठमाडौं महानगरपालिका-३० बस्ने ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-६ घर भएका ३५ वर्षीय जीवन कडरिया रहेका छन् । 

पक्राउ परेकामध्ये न्याउरेले यूएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ६९ हजार रूपैयाँ र जीवनले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३ लाख २० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले न्याउरेलाई टोखा नगरपालिका-३ बाट र जीवनलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ । 
 

salt training

कमेन्ट गर्नुहोस्