२८ जेठ २०८३, बिहीबार

हिमाल बचाउन विश्व समुदाय एक हुनुपर्छः प्रधानमन्त्री

जेठ २, २०८२
काठमाडौं
हिमाल बचाउन विश्व समुदाय एक हुनुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनमा भूमिका नभएका संवेदनशील राष्ट्रलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । आजदेखि शुरू सगरमाथा संवादको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका रहेको हिमाल बचाउन विश्व समुदाय एकजुट हुन आवश्यक भएको बताएका हुन् । 

जसले सबैभन्दा बढी प्रदूषण गर्छन् उनीहरूले नै सबैभन्दा बढी योगदान दिनुपर्ने ओलीको भनाइ छ । 'जसले सबैभन्दा बढी प्रदूषण गर्छन् उनीहरूले नै सबैभन्दा बढी योगदान दिनुपर्छ, उनीहरूले संवेदनशील राष्ट्रहरूलाई वित्त, प्रविधि, र क्षमता अभिवृद्धिमार्फत् सहयोग गर्नुपर्छ,' उनले भने ।

विश्वका विभिन्न तीन दर्जनभन्दा बढी मुलुकका प्रतिनिधि र विश्व बैंक, एसियाली विकास बैंक, विमिस्टेक, सार्कलगायत क्षेत्रीय र बहुपक्षीय अन्तर्राष्ट्रिय ६१ सङ्घ संस्थाका प्रतिनिधि सहभागी रहेको सगरमाथा संवाद तीन दिनसम्म सञ्चालन हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्