
नापी कार्यालय झापाका सर्भेक्षकले विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा आंशिक सफाइ पाएपछि सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।
नापी कार्यालय, भद्रपुर, झापाका सर्भेक्षक सुवाषचन्द्र यादव समेतका प्रतिवादीले विशेषबाट आंशिक सफाइ पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार सर्वोच्चमा पुनरावेदन गरेको हो ।
उनीहरूले जग्गा कित्ताकाट गरी बाटो प्रमाणित गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवतबापत एक लाख २५ हजार लिएको पुष्टि भएपछि आयोगले विशेषमा मुद्दा दायर गरेको थियो ।
तर, २०८१ वैशाख २१ को विशेषको फैसलाबाट आंशिक सफाइ दिएकोले उक्त फैसलामा चित्त नबुझेर आयोगले शुक्रबार सर्वोच्चमा पुनरावेदन गरेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।