
नेपाली कांग्रेसले पार्टीको राज्य प्रशासन विभागमा १० सदस्य मनोनीत गरेको छ ।
सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको विभागमा उनीहरूलाई मनोनीत गरेका हुन् ।
मनोनीत हुनेमा कास्कीका विजयराज आचार्य, भक्तपुरका डिल्लीप्रसाद शिवाकोटी, सुनसरीका गोपालप्रसाद पोख्रेल, सप्तरीका अर्जुन साह रहेका कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसैगरी, गुल्मीका थम्मनबहादुर खत्री, डोटीका रामबहादुर रोकाह, मुगुका मक्करबहादुर रावल, चितवनका गीता देवकोटा, बाँकेका द्रोपदी वली र झापाका तीर्थराज खनाल पनि विभागको सदस्यमा मनोनीत भएका पौडलले बताए ।