२९ जेठ २०८३, शुक्रबार

घरका कामदारको हत्या गरेको आरोपमा दम्पत्ति पक्राउ

जेठ २, २०८२
म्याग्दी
घरका कामदारको हत्या गरेको आरोपमा दम्पत्ति पक्राउ

म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा आफ्नै घरको कामदारको हत्या आरोपमा एक दम्पत्ति पक्राउ परेका छन् । 

४६ वर्षीय मनबहादुर दमाईको हत्या आरोपमा स्थानीय बलबहादुर दमाई र कर्मती दर्जी पक्राउ परेका हुन् ।     
     
गत वैशाख २८ गते मल्कबाङको खाम्चास्थित जङ्गलमा मनबहादुरको हत्या गरेर फालेको अवस्थामा शव फेला परेको थियो ।

हत्या आरोपी दम्पत्तिलाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ । अनुसन्धानका क्रममा ती दम्पत्तिले हत्या गरी शव लुकाएको तथ्य फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए । 

आरोपित दम्पत्तिले बाउँसोको बिँडले टाउको र शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरेपछि घटनालाई लुकाउन जङ्गलमा लगेर फालेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक पौडेलले बताए ।

आरोपितलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।     

salt training

कमेन्ट गर्नुहोस्