२१ असार २०८३, आइतबार

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

जेठ २, २०८२
काठमाडौं
नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

नक्कली सुनको मूर्ति सस्तोमा मिलाइदिने  प्रलोभनमा पारी रु २१ लाख ८५ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सङ्खुवासभा धर्मदेवी नगरपालिका–३ बाइसजोरे बस्ने ४९ वर्षीय काशीनाथ पौडेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी अपिलराज बोहराले जानकारी दिए । 

निजले गत मङ्सिर ८ गते जिल्ला धनकुटा नगरपालिका–४ घर भई हाल भक्तपुर मध्यपुरथिमी–६ बस्ने ३९ वर्षीय प्रेमकुमार विकलाई नगद रु १० लाख र गत चैत ११ गते सुनसरी बराहक्षेत्र नगरपालिका–१ घर भई हाल जिल्ला काठमाडौँ न्युरोड बस्ने २४ वर्षीय राजकुमार विकलाई रु ११ लाख ८५ हजार ठगी गरी फरार रहेको घटनाको अनुसन्धान गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

निजलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको सूचना अधिकारी बोहोराले बताए । 

salt training

कमेन्ट गर्नुहोस्