
काठमाडौंको कागेश्वरी मनोहरामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शनिबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकल चालक गोरखा घर भएका ३४ वर्षीय सुरज खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका- ९ राडरस्थित सडकमा बा प्र-०३-००१ ख १२४७ नम्बरको ट्रकले बा ६० प १७९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रक चालकलाई नियन्त्रणमा लिइएको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।