३० जेठ २०८३, शनिबार
कांग्रेस संसदीय दल बैठकका दृष्यः

जब संसदीय दलको बैठकमा सांसदहरू धुरुधुरु रुन थाले...

जेठ ३, २०८२
काठमाडौं
जब संसदीय दलको बैठकमा सांसदहरू धुरुधुरु रुन थाले...

दुई जना महिला सांसद धुरुधुरु रुन थालेपछि नेपाली कांग्रेस संसदीय दलको बैठकमा एकछिन सन्नाटा छाएको छ । समसामयिक विषयमा छलफल गर्न शनिवार बसेको बैठकमा सांसदद्वय माया राई र मञ्जु खाण धुरुधुरु रोएका हुन् । 

काठमाडौँमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेर अदालतको आदेशले धरौटीमा छुटेकी सांसद राई रोएपछि खाणपनि रोएकी थिइन् । 

 सांसद राई सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नरहेको तर अन्यायपूर्वक आफूलाई पक्राउ गरिएको दाबी गर्दै रोएकी हुन् । 

‘राई थरकै एकजनाले समितिमा बस्न आग्रह गरेपछि म सहकारी सञ्चालक समितिमा बसेकी हुँ, तर आर्थिक कारोबारमा मेरो कुनै संलग्नता थिएन’, राईले रुँदै भनिन् । बैठकमा सहभागी एक सांसदका अनुसार सहकारी ठगी सम्बन्धी संसदीय छानबिन समितिले आफूलाई दोषी नदेखाएको समेत उनले दाबी गरेकी थिइन् ।

‘सहकारीको पैसा ग्यालेक्सी टिभीमा गएको छ, जुन टिभी उद्घाटनमा हाम्रै पार्टीका सभापति शेरबहादुर देउवा, अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शीर्ष नेताहरू पनि पुग्नु भएको थियो । के त्यो बेला उहाँहरूलाई सहकारी ठगी हुँदैछ भन्ने थाहा थियो र ?’ सांसद राईले संसदीय दलको बैठकमा भनेकी थिइन् । 

सहकारी ठगी अनुसन्धानको सिलसिलामा गत वैशाख १२ गते पक्राउ परेकी राई वैशाख ३१ गते धरौटी तिरेर रिहा भएकी थिइन् । लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी एक दिनमै रिहा भएको तर आफूलाई विना कारण १७ दिन थुनिएको उनले गुनासो गरिन् ।

राई रोएलगत्तै अर्की सांसद मञ्जु खाण रुन थालेकी थिइन् । उनले आफूलाई बालकृष्ण खाणकी पत्नी भन्दै नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर अपमान गरिएको गुनासो गरेकी थिइन् ।

‘मर्ला  बालकृष्णकी श्रीमती भन्छन्, शरणार्थीकी श्रीमती भन्छन् । बाटो समेत लुकेर हिँड्नु पर्छ’ खाणले रुदै भनिन्, ‘मेरो पार्टीमा लगानी छ, टिकट दिनुभयो भने म सिराहाबाट पनि चुनाव जितेर आउन सक्छु ।’

त्यसपछि सभापति एवं संसदीय दलका देउवाले जङ्गिँदै ‘तपाईं खाणको श्रीमती नभए के हो त ?’ भनेर प्रश्न गरेका थिए । देउवाले जवाफ फर्काएपछि मञ्जु रुन छाडेको ती सांसदले लोकान्तरलाई जानकारी दिए । 

शनिवारको संसदीय दलको बैठकमा बोल्ने सांसदहरूले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भएको ढिलाइबारे चासो राखेका थिए । 

बैठकमा सभापति शेरबहादुर देउवाले बाहिर चर्चा गरिएजस्तो सत्ता गठबन्धनमा समस्या नरहेको बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्