
काठमाडौं, १७ मंसिर – नयाँ शक्ति पार्टी नेपाल काठमाडौं–२ का उम्मेदवार गणेश सिंखडा एमालेमा प्रवेश गरेका छन् । आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा सिंखडाले एमाले वरिष्ठ नेता नेपालको जित सुनिश्चित गर्न पार्टी प्रवेश गरेको घोषणा गरे ।
‘नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई राष्ट्रिय पार्टीका लागि संघर्ष गरिरहनुभएको छ, उहाँले जित्ने सम्भावना पनि नदेखिएकाले अब समृद्ध नेपाल बनाउने अभियान वाम गठबन्धनको सरकारबाट मात्र सम्भव हुने निष्कर्षका साथ म नेपाललाई सघाउन एमाले प्रवेश गरेँ ' सिंखडाले भने ।