२८ जेठ २०८३, बिहीबार

ब्रुकलिन ब्रिजमा मेक्सिकन नौसेना जहाज ठोकिँदा दुई जनाको मृत्यु [अपडेट]

जेठ ४, २०८२
काठमाडौं
ब्रुकलिन ब्रिजमा मेक्सिकन नौसेना जहाज ठोकिँदा दुई जनाको मृत्यु [अपडेट]

न्यूयोर्क सिटीको ब्रुकलिन ब्रिजमा शनिबार साँझ मेक्सिकन नौसेनाको जहाज ठोकिँदा दुई जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । न्यूयोर्क सिटीका मेयर एरिक एडाम्सले दुर्घटनाको पुष्टि गर्दै जहाजमा २७७ जना सवार रहेको जानकारी दिएका छन्।

मेयर एडाम्सका अनुसार जहाजको विद्युतीय प्रणाली फेल भएर ब्रिजको स्तम्भसँग ठोक्किएको हो। ठोक्किँदा जहाजका अग्ला मस्तूलहरू ब्रिजमा ठोक्किएर भाँचिए र डेकमा खसे। उक्त समयमा केही क्रु सदस्य मस्तूलमै उभिएका थिए।

दुर्घटनामा दुई जना गम्भीर घाइते छन् भने अन्य १७ को उपचार भइरहेको छ। सबै यात्रुको विवरण संकलन भइसकेको न्यूयोर्क कोस्ट गार्डले जनाएको छ। मृतक तथा घाइतेहरूको परिचय सार्वजनिक गरिएको छैन।

मेक्सिकन नौसेनाले प्रारम्भिक रूपमा २२ जना घाइते भएको जनाएको थियो। घटनाको अनुसन्धान सुरू गरिएको छ।

ब्रुकलिन ब्रिजमा भने ठूलो क्षति नभएको बताइएको छ। कोही पनि पानीमा खसेका छैनन्। जहाज पछि तानेर अन्यन्त्र सारिएको छ।

दुर्घटनापछि न्यूयोर्कको दक्षिण स्ट्रीट सिपोर्ट, ब्रुकलिनको डुम्बो र आसपासको क्षेत्रमा ट्राफिक तथा आपतकालीन सवारीसाधनको चाप बढेकोले प्रहरीले त्यहाँ नजान आग्रह गरेको छ।

९१ मिटर लामो र १२ मिटर चौडाइ भएको क्वाउतेमोक जहाज सन् १९८२ देखि सञ्चालनमा आएको हो। हरेक वर्ष मेक्सिकोको नेभल मिलिटरी स्कूलका क्याडेटहरूको अन्तिम प्रशिक्षणका लागि समुद्रयात्रा गरिन्छ।

यो वर्ष ६ अप्रिलमा अकापुल्को बन्दरगाहबाट यात्रा सुरू भएको थियो र अन्तिम गन्तव्य आइसल्यान्ड तय गरिएको थियो।

दुर्घटनाका कारण उक्त भ्रमण हाललाई स्थगित गरिएको मेक्सिकन नौसेनाले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्