२० असार २०८३, शनिबार

लन्डनमा एसिड आक्रमणको आतंक, बाटोमा हिँड्न पनि डराउन थाले मानिस

मंसिर १७, २०७४
लन्डनमा एसिड आक्रमणको आतंक, बाटोमा हिँड्न पनि डराउन थाले मानिस

काठमाडौं, १७ मंसिर — बेलायतको राजधानी लन्डनमा आजकल मानिसहरू बाटोमा निस्कँदा डर मान्न थालेका छन् । एसिड आक्रमण भइरहेका कारण मानिसहरू डराएका हुन् । 

लूटपाटका लागि आक्रमणकारीहरूले एसिड प्रयोग गर्ने गरेका छन् । 

पूर्वी लन्डनमा बस्ने डेलिभरी राइडर जावेद हुसैनले एक रात ट्राफिक लाइटमुनि बस्दा दुईजना आक्रमणकारीले उनको अनुहारमा एसिड छर्केर मोपेड चोरेर लगेको बताए । 

लन्डनमा यस्ता किसिमका एसिड आक्रमण बढिरहेका छन् । प्रहरीले आक्रमणकारीलाई रोक्न सकेको छैन । एसिड आक्रमणबाट तर्सिएका लन्डनवासीहरू सडकमा निस्कनै डराउन थालेका छन् । 

उनीहरूले एसिड आक्रमणविरुद्ध प्रदर्शन गरिरहेका छन् । 

अघिल्लो वर्ष लन्डनमा ४५४ एसिड आक्रमण भएका थिए भने सन् २०१५ मा २६१ र सन् २०१४ मा १६६ वटा घटना भएका थिए । 

बेलायत सरकारले लन्डन प्रहरीलाई यो अपराधको सामना गर्नका लागि जनताको सहायता लिने निर्देशन दिएको छ । 

गृहमन्त्री एम्बर रडले अक्टोबरमा नयाँ प्रस्ताव पेश गरेर मानिसहरूलाई एसिड किन्नका लागि वैध कारण दिनुपर्ने नियम लगाउनुपर्ने भनेकी थिइन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्