०३ साउन २०८३, आइतबार

बाढीले डाइभर्सन बगाएपछि हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ अवरूद्ध

जेठ ५, २०८२
काठमाडौं
बाढीले डाइभर्सन बगाएपछि हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ अवरूद्ध
फाइल तस्वीर

हेटौँडा-काठमाडौं जोड्ने कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ को सीमानास्थित बगुवा खोलाको डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ । 

सोमबार बिहान परेको पानीले डाइभर्सनका लागि राखिएका ह्युमपाइपहरू बगाएको प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

बगुवा खोलास्थित बागमती पुलको एक भाग गत असोजमा आएको बाढीले बगाएको थियो । 

डाइभर्सन बगाएको स्थानमा प्रहरी टोली पुगेको र अवरूद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्