२१ जेठ २०८३, बिहीबार

तम्घासमा मोटरसाइकल दुर्घटना हुँदा सभ इन्जिनियरको मृत्यु

जेठ ५, २०८२
बुटवल
तम्घासमा मोटरसाइकल दुर्घटना हुँदा सभ इन्जिनियरको मृत्यु

गुल्मीको तम्घासमा मोटरसाइकल दुर्घटना हुँदा सभ इन्जिनियर निशान चौधरीको मृत्यु भएको छ । 

रेसुङ्गा नगरपालिका वडा नम्बर–५ सिमाघाटबाट तम्घास आउँदै गरेको लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक दाङको गडवा गाउँपालिका–३ का २६ वर्षीय निशान चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । 

उनी इन्द्र एमके जेभीमा सब इन्जिनियरको रूपमा कार्यरत थिए । उनी आइतबार साँझ धुर्कोटबाट तम्घास आउँदै थिए । 

प्रहरीका अनुसार मोटरसाइकल नियन्त्रण बाहिर जाँदा दुर्घटना भएको हो । सडकको नालीमा मोटरसाइकलले च्यापेको देखेपछि स्थानीयले सोमबार बिहान प्रहरीलाई खबर गरेका थिए । 

स्थानीयका अनुसार आइतबार राति १० बजे आसपासमा घटना घटेको हुनसक्ने घटनास्थलबाट स्थानीय बासुदेव पोखेरलले जानकारी दिए । सोमबार बिहान ७:२० बजेको समयमा मोटरसाइकल दुर्घटना भएको स्थानीयले देखेपछि मात्रै प्रहरीले खबर पाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्