२७ असार २०८३, शनिबार

मन्त्रिपरिषद् बैठक बस्दै, राष्ट्र बैंकले आजै पाउला गभर्नर ?

जेठ ५, २०८२
काठमाडौं
मन्त्रिपरिषद् बैठक बस्दै, राष्ट्र बैंकले आजै पाउला गभर्नर ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । 

आज सोमबार साँझ ६ बजे बस्ने गरी प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । आजको बैठक नियमित हो ।

बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको मन्त्रिपरिषद् स्रोतले जानकारी दियो । 

‘दिउँसोसम्म सिफारिस समितिको बैठक बसेको छैन । तर, बैठक बसेर निर्णय गर्न समय लाग्ने कुरा होइन,’ स्रोतले भन्यो, ‘यसैले आज राष्ट्र बैंकले गभर्नर पाउने सम्भावना छ ।’

विवादका कारण राष्ट्र बैंकले एक महिनाभन्दा बढी समयदेखि गभर्नर पाएको छैन । सामान्यतया बहालवाला गभर्नरले अवकाश पाउने एक महिना अगाडि नै नयाँ गभर्नरको टुंगो लगाउनुपर्नेमा गभर्नर रिक्त रहेकै करिब डेढ महिना भइसकेको छ ।

गभर्नर महाप्रसाद अधिकारी चैत २४ गते अवकाशमा गएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्