२२ जेठ २०८३, शुक्रबार

सिंहदरबारमा मेलम्चीको पानी वितरण शुरू

जेठ ५, २०८२
काठमाडौं
सिंहदरबारमा मेलम्चीको पानी वितरण शुरू

सिंहदरबारमा आजदेखि मेलम्चीको पानी वितरण शुरू गरिएको छ ।

आज एक कार्यक्रमका बीच खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी वितरण शुभारम्भ गरेका हुन् ।

मन्त्री यादवले मेलम्चीको पानी वितरण शुरू भएपछि सिंहदरबारभित्र जार र बोतलको पानी विस्थापित हुने बताए । सिंहदरबारभित्र रहेका सम्पूर्ण मन्त्रालय तथा कार्यालयमा मेलम्चीको पानी पुर्‍याउनका लागि पाइप लाइनको विस्तार गरिने उनको भनाइ थियो ।

कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, केयूकेएलका प्रमुख अशोक पौडेललगायतको सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्