०२ असार २०८३, मंगलबार

सिरहामा लागूऔषध गाँजासहित तीन जना पक्राउ

जेठ ५, २०८२
काठमाडौं
सिरहामा लागूऔषध गाँजासहित तीन जना पक्राउ

सिरहामा लागूऔषध गाँजासहित तीन जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा नरहा गाउँपालिका-१ देवीपुरस्थित शिद्धीक्षा पशुपालन तथा कृषि फर्मका सञ्चालक सञ्जय दास, सोही ठाउँका ३१ वर्षीय रामशरण दास र बाराको कलैया उपमहानगरपालिका-४ घर भई हाल सिरहाको देवीपुर बस्ने २० वर्षीय धिरज महतो रहेका छन् । उनी सञ्जयका गाडी चालक हुन् ।

सञ्जयले सञ्चालन गरेको फर्ममा लागूऔषध गाँजा राखी विक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी निरीक्षक आकाश उप्रेतीको कमान्डमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

त्यसक्रममा फर्मभित्र दुई वटा प्लाष्टिकको बोरामा लुकाई छिपाई राखेको ३१ किलो ८२० ग्राम लागूऔषध गाँजा बरामद  गरिएको प्रहरी निरीक्षक धर्मेश कुमार यादवले जानकारी दिए ।

उनीहरूको साथबाट चार थान मोबाइल र लागूऔषध गाँजाको बोरा सिलाउने मेसिन एक थान समेत बरामद भएको यादवले बताए । 

उनीहरूमाथि सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्