२१ जेठ २०८३, बिहीबार

गोकर्णेश्वर हत्या प्रकरणमा पाँच जना अभियुक्त पक्राउ

जेठ ५, २०८२
काठमाडौं
गोकर्णेश्वर हत्या प्रकरणमा पाँच जना अभियुक्त पक्राउ

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२, नयाँपाटीस्थित एक किराना पसलमा बसिरहेका व्यक्तिको हत्या प्रकरणमा  संलग्न पाँच जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसारवैशाख ३० गते राति करिब ९ बजे किराना पसलमै रहेका ३७ वर्षीय बलिन्द्र प्रकाश राईमाथि समूहिक रूपमा आक्रमण भएको थियो। गम्भीर घाइते भएका राईको उपचारको क्रममा निधन भएको थियो।

घटनामा संलग्न भइ फरार रहेका पाँच जना अभियुक्तलाई प्रहरीले विभिन्न मितिमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूमध्ये रामेछाप, सुनापती गाउँपालिका–४ स्थायी घर भई हाल गोकर्णेश्वर–१ मा बसोबास गर्दै आएका २९ वर्षीय प्रविण तामाङ रहेका छन्। त्यसैगरी, सर्लाही, बागमती गाउँपालिका–३ का स्थायी बासिन्दा तथा हाल गोकर्णेश्वर–२ मा बस्दै आएका २३ वर्षीय समिर वाईवा तामाङ, स्थायी तथा हालको ठेगाना खुलाइएको छैनका २६ वर्षीय अभिषेक वाईवा तामाङ, सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका–६ निवासी २९ वर्षीय दिपेन्द्र भुजेल र काभ्रेपलाञ्चोक, चौरीदेउराली गाउँपालिका–७ का २८ वर्षीय अनुराग तामाङ रहेका छन्।

प्रहरीले पक्राउ परेका सबै अभियुक्तविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्