०१ साउन २०८३, शुक्रबार

माडी पुगेर प्रचण्डले गरे पीडित परिवारसँग तीन बुदे सम्झौता

मंसिर १७, २०७४
माडी पुगेर प्रचण्डले गरे पीडित परिवारसँग तीन बुदे सम्झौता

चितवन १७ मंसिर – चितवनको माडीस्थित वादरमुढे पीडितहरुसंग नेकपा माओवादी केन्द्रले सम्झौता गरेको छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पीडितहरुसंग आज चितवनको माडीमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

आज माडीमा आयोजित सभामा जाने क्रममा माडी नगरपालिकाको रोहवरमा नगरपालिकामै माओवादी अध्यक्ष प्रचण्डले पीडित २९ जनाका विचमा ३ वुदे सम्झौता भएको हो । 

सम्झौतामा मृतकका आश्रित परिवारलाई अवस्था हेरी कामगर्न सक्नेलाई रोजगारी,नसक्नेका लागि जीवनवृति,वालवालिकाको पठनपाठनको व्यवस्था गर्ने पहिलो वुदामा उल्लेख गरिएको छ । 
त्यस्तै घाइतेको औषधी उपचारको व्यवस्था गर्ने र कामगर्न सक्नेलाई रोजगारी र नसक्नेलाई जीवनवृतिको व्यवस्था गर्ने सम्झौता गरिएको छ । 

त्यसैगरी तेस्रो वुदामा घटनामा ज्यान गुमाएकाको सम्झनामा कम्तीमा पनि १० विगाहा क्षेत्रमा पार्क वनाउने र त्यसलाई युद्ध पर्यटनका रुपमा विकास गर्ने आज गरिएको सम्झौतामा उल्लेख गरिएको छ । 

सम्झौतापत्रमा माओवादी केन्द्रका तर्फवाट माओवादी अध्यक्ष प्रचण्ड र पीडितहरुको तर्फवाट विकास लामिछाने,कृण्ण तिवारी,कृष्ण आचार्य,हरी न्यूरे(सुदिप),मंगली पुनले सम्झौता गरेका छन् । 
सम्झौतापछि पीडितहरुलाई माओवादी अध्यक्ष प्रचण्डले सम्झौता पूर्णरुपमा पालना हुनेमा विश्वास दिलाएका थिए । 

पीडित हरी न्यूरे सुदिप र विकास लामिछानेले जसले घटना गराएको हो उसैवाट मात्रै मल्हम खोज्दै आफुहरुले सम्झौता गरेको र पालना हुनेमा पूर्ण विश्वस्त रहेको प्रतिकृया दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्