म्यानमार, १७ मङ्सिर - क्रिश्चियन धर्मगुरु पोपले म्यानमारबाट ढाका पुगेका शरणार्थी ‘रोहिङ्ग्या’ नै भएको जनाएपछि उहाँविरुद्ध म्यानमारका सामाजिक सञ्जालमा व्यापक आलोचना आएको छ ।
गत शुक्रबार क्याथोलिक चर्च प्रमुख पोपले म्यानमारबाट बङ्गलादेशको राजधानी शहर ढाकामा म्यानमारको अल्पसङ्ख्यक मुसलमान समूदाय राखिनेबाट लाखौँको सङ्ख्यामा शरण लिन पुगेका शरणार्थीसँगको भेटपछि उनीहरू ‘रोहिङ्ग्या’ मुुसलमान नै भएको धारणा व्यक्त गर्नुभएको थियो ।
एसिया भ्रमणमा रहनुभएका क्रिश्चियन धर्मगुरुले शरणार्थीलाई ‘रोहिङ्ग्या’ अल्पसङ्ख्यक मान्ने कुरालाई म्यानमारमा राजनीतिक रूपमा संवेदनशील मानिदै आएको भएपनि पहिलो पटक रोहिङ्ग्याका रूपमा सम्वोधन गर्नुभएको थियोे ।
उहाँले शरणार्थीबारे सही कुरालाई निरन्तरता दिन र उनीहरूलाई सहयोग गर्न उक्त अवसरमा आग्रह गर्नुभएको थियो । उनीहरूलाई आफ्नो अधिकारको प्रत्याभूत गर्दै सम्मानित नागरिकका रूपमा बाँच्ने अवसरका लागि म्यानमार लगायत विश्वसमुदायले काम गर्नुपर्नेमा उहाँले आफ्नो एसिया भ्रमणका क्रममा जोड निनुभएको थियो ।
म्यानमारबाट ढाका पुगेका करिब छ लाख २० हजार शरणार्थी रहेका भनी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमममा खवर आएपनि म्यानमारले ती सवै रोहिङ्ग्या अल्पसङ्ख्यक नभै अवैध रूपमा बङ्गलादेशबाट म्यानमार आई बसोबास गरेका बङ्गाली नागरिक भएको दावी गर्दै आएको छ ।