०३ असार २०८३, बुधबार

चितवन-३ मा पाण्डे कि प्रचण्ड ? दुबैलाई अर्काकै भर

मंसिर १८, २०७४
चितवन-३ मा पाण्डे कि प्रचण्ड ?  दुबैलाई अर्काकै भर

चितवन, १८ मङ्सिर-चितवन–३ को प्रतिनिधिसभा निर्वाचनलाई अहिले विशेष चासोका साथ हेरिएको छ । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डर राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री एवं हाल वन तथा भूसंरक्षणमन्त्री रहेका विक्रम पाण्डेको उम्मेदवारीका कारण पनि चितवन–३ लाई विशेष चासोका साथ हेरिएको खबर राजधानी दैनिकमा छापिएको छ ।

दाहालले वाम गठबन्धन उम्मेदवारका रूपमा सो क्षेत्रबाट उम्मेदवारी दिएका हुन् । चितवनबाट दाहाल पहिलोपटक उठेका हुन् । उनले आफ्नो गृह जिल्लाका अलावा सुरक्षित क्षेत्र भन्दै चितवन–३ बाट उम्मेदवारी दिएका हुन् ।पाण्डे भने दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । यसपटक उनले नेपाली कांग्रेसको समर्थनमा सो क्षेत्रबाट उम्मेदवारी दिएका हुन् ।

प्रतिनिधिसभाको निर्वाचनमा ‘हेभी वेट’ उम्मेदवार दाहाल र पाण्डे दुवैले एकअर्काको भोटमा भर पर्नुपर्ने अवस्था छ । 

salt training

कमेन्ट गर्नुहोस्