२० असार २०८३, शनिबार

तीनकुने घटना : दुर्गा प्रसाईंसहित १५ जनाविरुद्ध कर्तव्य ज्यानसहित ५ कसुरमा मुद्दा दायर

जेठ ११, २०८२
काठमाडौं
तीनकुने घटना : दुर्गा प्रसाईंसहित १५ जनाविरुद्ध कर्तव्य ज्यानसहित ५ कसुरमा मुद्दा दायर
फाइल फोटो

काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको घटना सम्बन्धमा प्रहरीले राजावादी आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।​

प्रसाईंलाई कर्तव्य ज्यान, संगठित अपराध, राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवसहितका मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले लोकान्तरलाई जानकारी दिए ।

सूचना अधिकारी श्रेष्ठका अनुसार आपराधिक उपद्रवको कसुरमा १५ जनालाई प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको छ ।

त्यसैगरी, ज्यान मार्ने उद्योग, ​राज्यविरुद्धको कसुर, संगठित अपराध, आपराधिक उपद्रवसहित पाँच वटा मुद्दामा ५० जनालाई प्रतिवादी बनाइएको उनले बताए ।

त्यस बाहेक केही व्यक्तिलाई थप मुद्दा पनि लागेको उनले बताए ।

झण्डै २ महिनाको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा लगेको हो ।

२ जनाको मृत्यु हुनेगरी चैत १५ गते भएको प्रदर्शनका जनकमाण्डर तोकिएका दुर्गा प्रसाईं अहिले प्रहरी हिरासतमै छन् ।

salt training

कमेन्ट गर्नुहोस्